
तस्बिर : रोशन दानी
रोशन दानी
काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो चन्द्रागिरी नगरपालिका – ४ स्थित गणेशमान सिंह मार्ग सडकखण्डमा ओमनी भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
डिएसपी अधिकारीका अनुसार वा १० च ३५४६ नम्बरको सो गाडी दुर्घटनामा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।
के कारणले दुर्घटना भएको हो भन्ने विषय खुलेको छैन् । गाडी सडकवाट पाँच सय मिटर तल सडकमा खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्