
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा बेथिति भएको बताउनुभएको छ ।
शुक्रबार वीर अस्पतालको १ सय ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले पहुँचको आधारमा जागीर खाने परम्परा स्वास्थ्य क्षेत्रमा पनि रहेकोले पछिल्लो समय त्यसलाई सुधार गर्न आफू लागि परेको बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाँले सरकारले नेपालमै उपचार सम्भव हुने रोगको उपचारका लागि विदेश जाने भिआईपीलाई उपचार खर्च कटौती गर्ने अभियानमा लागेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अस्पतालका निर्देशक सन्तोष पौडेलले गत एक वर्षमा अस्पतालले ७ बजे देखिनै सेवा सुरु गर्ने देखि साधारण वेडमा निशुल्क लगायतका सेवा विस्तार गरेको जानकारी दिनुभयो ।
बि सं. १९४७ सालमा १५ शैयाबाट सुरु गरीएको वीर अस्पतालले हाल ९ सय ६६ शैयामा आफ्नो सेवा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्