१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी डेङगु नियन्त्रणका लागि जसपाको अभियान


260
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेङगु रोगको महामारी नियन्त्रणमा जनता समाजबादी पार्टीका कार्यकर्ता परिचालन गरिएको छ ।

तीनै तहका सरकारले धरानमा फैलिएको डेङगु नियन्त्रणमा चासो नदिएको भन्दै जसपा धरानले कार्यकर्ता परिचालन गरी लामखुट्टे मार्ने अभियान संचालन गरेको जनाएको हो ।

डेङगु संक्रमणबाट धरानमा ७ जनाको ज्यान गएपछि अबस्था जटिल भन्दै गएको छ । संक्रमितका कारण अस्पताल र नीजि मेडिकलहरु समेत भरिभराउ रहेका छन् ।

डेङगु नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोए अभियान संचालन भइरुहेको जसपा धरान अध्यक्ष ताजुब लिम्बुले बताउनुभयो । जसपाले धरानका २० वटै वडामा अभियान संचालन गर्ने बताएको छ ।