
काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकारहरुसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन संघ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताउनुभएको हो । उहाँले सरकारले हतारमा निर्णय गरेर सो क्षेत्रमा भ्याट लगाएको बताउनुभयो ।
अध्यक्ष थापाले सरकारले आफूहरुसँग सल्लाह गरेरै गरेको भएपनि आफूहरु तयार हुने भन्दै उहाँले सरकारले यस विषयमा निष्पक्ष व्यवहार गर्न नसकेको बताउनुभयो । उहाँले पुँजिगत खर्चमा भ्याट लाउनु व्यवहारिक नभएको पनि बताउनुभयो । उहाँले जहाजको इन्जिन लगायतका सामग्रीहरुमा भ्याट कम लाग्दा सहज रुपमा आपूर्ति हुने र त्यसले सेवामा सहजता थप्ने पनि बताउनुभयो । पैसाको कारण आवश्यक सामग्रीहरुमा सम्झौता गर्ने अवस्था बनेमा हवाइ सुरक्षामा समेत चुनौति थपिने उहाँको भनाई छ।
अध्यक्ष थापाले आफूहरु पनि विभिन्न सेवाका लागि भ्याटको तयारी गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्