
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कैदिबन्दीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
उनीहरुको मागको आधारमा २ थान टेलिभिजन सेट, २ थान फ्रिज, १ थान पानी फिल्टर, १ थान प्रेशर कुकर, २ थान टर्च लाईट लगायतका सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कैदिबन्दीका मागका आधारमा सामग्री हस्तान्तरण गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । कैदिबन्दीलाई पनि सुचनाको पहुँचमा राख्न टेलिभिजन लगायतका सामग्री प्रदान गरेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
कारागारमा ६१ जना पुरुष र ९ जना महिला गरी ७० जना कैदिबन्दी छन् ।
प्रतिक्रिया दिनुहोस्