
डडेल्धुरा । डडेल्धुरा र बैतडीको सिमानामा पर्ने सुर्नया नदीमा पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।
खाल देहिमाण्डौ सर्मालि पन्चेश्वर सडक खण्डमा पर्ने यो क्षेत्रका स्थानीय बासिन्दाले पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । वर्षौंदेखि गाडी चल्ने सुर्नया खोलामा मोटेरेवल पुल नहुँदा बैतडीका तिन पालिका र डडेल्धुराका २ पालिकाका स्थानीयवासी जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य भएका हुन ।
वर्षायामको समयमा नदी तर्न ठूलो समस्या भइरहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन । पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको स्थानीय रामबहादुर शाहीले बताउनुभयो ।
डडेल्धुरा सदरमुकामबाट सबै भन्दा बढी गाडी यो क्षेत्रमा चल्ने गरेका छन् । काम विशेषले डडेल्धुरा सम्म पुग्न यही नदीबाट वारपार गर्नुपर्ने हुन्छ । वर्षातको समयमा नदीमा पानीको सतह बढ्ने हुन्छ र ज्यान नै जोखिममा राखेर ओहोर दोहोर गर्नुपर्ने बाध्यतामा कुनै तहका सरकारले ध्यान दिएका छैन ।
नदीमा पुल नहुँदा वर्षायामका बेला गाउँका बिरामीलाई अस्पतालसम्म लैजान कठिनाइ हुने गरेकोे स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्