१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्यूठानमा जागिर छोडेर माछापालन, वार्षिक ३५ लाख आम्दानी


5.395k
Shares

राजेश जिसी

प्यूठान । पढाइसकेपछि सबैको रहर राम्रो जागिर खाने हुन्छ । हातमा शैक्षिक योग्यताको प्रमाणपत्र लिएर जागिरका लागि दौडधूप हुन्छ । तर, प्यूठानका एक व्यक्तिले भने अधिकृत तहको जागिर छोडेर कृषि पेशामा होमिएका छन् ।

‘मलाइ अमेरिका यहि मलाइ,जापान पनि यहि,मलाई बेलायत नि यहि’ पशुपति शर्माको गितले भनेजस्तै उनमा चरितार्थ भएको छ । देशमा रोजगारीका अबसर नभएको भन्दै दैनिक हजारौ युवा बिदेशपलायन हुने गरेका छन् । तर, प्यूठान नगरपालिका १ खैराका भोज बहादुर बस्नेत भने झिमरुक जलबिद्युत आयोजनामा अधिकृत स्तरको जागिर छोडेर माछापालन व्यवसायमा लागेका छन् ।

उनले बिगत ३ वर्षदेखि झिमरुक मस्यपालन तथा एकिकृत कृषिफर्म सञ्चालन गरेका छन् । जागिरबाट राम्रै तलब आउने भएपनि जागिर भन्दा व्यवसाय उत्तम रहेका कारण माछापालन व्यव्सायमा होमिएको बस्नेत बताउछन् ।

उनले ४४ रोपनी जग्गामा १२ वटा पोखरी निर्माण गरि माछापालन गरिरहेका छन् । त्यसका साथै उनले भैसी, बंगुर, हास, कुखरासमेत पाल्दै आएका छन् । उनले वार्षिक ८० कुन्टल माछा उत्पादन गर्दै आएका छन् ।

उनले माछा बिक्रिबाट वार्षिक ३५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । जिल्लामा माछाको माग उच्च रहेपनि माग अनुसार माछा उत्पादन हुन नसकेको बस्नेत बताउछन् ।

पछिल्लो समय प्यूठानमा माछापालन गर्ने ब्यक्ति कतिछन भन्ने एकिङ्ग तथ्याङक नभएपनि माछापालन गर्नेको सख्यामा बृद्धि हुदै गएको छ । जिल्लालाई माछामा आत्मनिर्भर तथा युवालाई आकर्षित गर्न एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले सहयोग गर्दै आएको छ ।

माछापालन व्यवसायमा राम्रो संभाबना रहेपनि उत्पादन नहुदाँ जिल्लामा तराइ तथा भारतबाट माछा भित्रिने गरेको छ भने करोडौं रुपैयाँ बाहिरीएको छ ।

माछापालन वयवसायमा युवाहरुलाई आकर्षित गर्न सके युवाशक्तिलाई स्वदेशमै रोक्न सकिन्थ्यो ।