१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभरका स्पाइन सर्जनहरु काठमाडौंमा


1.755k
Shares

काठमाडौं । ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् ।

ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरु काठमाडौंमा भेला भएका हुन् ।

एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सकहरु भेला भएका हुन् । एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले नेपालमा ढाडको बाँगोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । तर, बाँगिने पनि २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरुको भनाइ छ । ढाड बाँगिने समस्या छोरा भन्दा छोरीलाई बढी देखिने पनि अध्ययनहरुले देखाएको डा. बिजुक्छेले बताउनुभयो । धेरै जसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरुलाई देखिने गरेको छ ।

हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.गौरवराज ढकालले ढाडको ढाड बाँगिने रोग धेरैजसो बालिकाहरुमा देखिने गरेको बताउनु भयो । उहाँले धेरैजसो १६ वर्षमुनिका बालिकामा ढाड बाँगिने रोग देखिने भन्दै रोकथामका लागि उपचारको उपाय अपानाइ सतर्क गराउँदै आएको बताउनुभयो ।

ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन् ।