
तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुको रोजाईमा अकबरे खुर्सानी पर्दै आएको छ ।
थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पछिल्लो समय अकबरे खेती किसानको रोजाईमा पर्दै आएको हो । गाउँ गाउँमा सडक सञ्जालहरु जोडिएसँगै अकबरे खरिदका लागि व्यापारीहरु आउने थालेपछि खासगरी जिल्लाकै छथर क्षेत्रका किसानहरु अकबरे खेतीतर्फ आकर्षित भएका हुन् ।
अहिले स्थानीय बजारमा अकबरे प्रतिकिलो ४ सय रुपैयाँले बिक्री भइरहेको किसान कृष्ण कार्कीले बताउनुभयो । पछिल्लो समय तेह्रथुम जिल्लाको किसानले मुख्य नगदे बालीको रुपमा अकबरे खुर्सानीलाई लिन थालेका छन् ।
तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्