२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाघको संख्या बढ्यो, व्यवस्थापनमा चुनौती


572
Shares

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको संरक्षण नै मुख्य चुनौती भएको बताउनुभएको छ ।

विश्व बाघ दिवशको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा अधिकृत भण्डारीले यस्तो बताउनु भएको हो ।

उहाँले बाघको संख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्न सुरक्षित बासस्थान, आहारा, प्रजातिको बृद्धि, बाघको आनिबानी बारे सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । बाघको संरक्षणसँगै आय आर्जन गर्न सकिने भन्दै अधिकृत भण्डारीले पानीपोखरी निमार्णका कार्यलाई निकुञ्जले विशेष महत्व दिएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाङ्फेले आफ्नो कार्यालयले मानव र वन्यजन्तुको सह अस्तित्व कायम गर्न समुदाय स्तरमा पुगेर सचेतनाका कार्यक्रम गर्नुका साथै बाघको उद्धार गरेर विभिन्न चिडियाखानामा पुर्‍याउने कार्य गरिरहेको बताउनुभयो ।

बर्दियामा अहिले बाघको संख्या १२५ पुगेको छ ।