
काठमाडौं । बाजुराका छुट्टाछुट्टै स्थानमा बाढी र पहिरोका कारण १३ परिवार बिस्थापित भएका छन् ।
बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित भएका हुन् ।
पहिरोका कारण दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिका–३ युनामा घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरले पहिरोमा दीपलालको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको जनाएको छ ।
पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।
गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्