१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाराका बाघ पीडित बासिन्दालाई क्षतिपूर्ति


546
Shares

काठमाडौं । बाघ पीडित बाराको टाँगिया बस्तीका बासिन्दालाई क्षतिपूर्ति उपलब्ध गराईएको छ ।

बाघले बाख्रा खाएका वन्यजन्तु पीडित परिवारलाई साना किसान कृषि सहकारी संस्था लिमिटेडले क्षतिपूर्ति स्वरुप आर्थिक सहयोग गरेको हो । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय वन क्षेत्रभित्र बसोबास गर्दै आएका बासीन्दालाई सहयोग गरीएको हो ।

गतसाता धनबहादुर थिङसहित अन्य स्थानीयबासिन्दाको बाख्रा बाघले मारेको थियो । बाख्रा खाएका वन्यजन्तु पीडित परिवारलाई १० हजार रुपैयाँका दरले आथिक सहयोग गरीएको हो । पछिल्लो समय टाँगियाबस्ती आसपासमा बाघले दैनिकजसो स्थानीयहरुको खोरमै पसेर बाख्रा मार्न थालेको थिङले जनाएका छन् ।

साना किसान कृषि सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीसहितको टोली टाँगियावस्ती पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । वन्यजन्तु पीडितले हालसम्म अन्य कुनै निकायबाट आफूले राहत नपाएको गुनासो गरेका थिए ।

वन्यजन्तुले आक्रमण गरी घरपालुवा पशुको मृत्यु भएमा क्षतिको मूल्यांकनको आधारमा राहत उपलब्ध गराइने व्यवस्था हुँदासमेत नपाएको उनीहरुको गुनासो छ ।