१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्लाहीमा चट्याङ लागेर १ जनाको मृत्यु


21.827k
Shares

सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका–१, हथियौलमा शनिबार चट्याङ लागेर १ किसानको मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे १ बजे झरीसँगै परेको चट्याङ लागेर भैँसी चराइरहेका हथियौलका ४५ वर्षीय अर्जुन पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर किसानसँगै भैँसी पनि मरेको छ । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवातर्फ लगिएको छ ।