२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाढीपहिरोका कारण सर्केगाडका तीन बस्ती उच्च जोखिममा


182
Shares

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो बस्तीमा पसेपछि हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपको बस्ती जोखिममा परेको छ ।

शुक्रबार राती ११ बजेदेखि परेको पानीसँगै आएको बाढीपहिरोले उक्त बस्ती जोखिममा परेको सर्केगाड गाउँपालिकाकाले जनाएको छ ।

३ सयभन्दा बढी घरधुरी रहेका उक्त गाउँका मानिसहरु बाहिर निस्कन सकेका छैनन् । गाउँ वरपरका खेतबारीमा पहिरो जाँदा गाउँले त्रसित भएका छन् । सर्केगाडको रादेउमा पुल–पुलेसा, घट्ट, काठेपुल र खेतबारी बगाएको छ । यस्तै, वडा नम्बर ६ मा पर्ने जिउँसी र ८ नम्बरको एउटा गाउँ बाढी र पहिरोले घेरिएको छ ।

सर्केगाड– ३ को उनापानीमा भने तातोपानी लघुविद्युत् आयोजनाको पावर हाउसमै पहिरोले क्षति पुर्‍याएको छ । त्यस गाउँमा रहेका तातोपानीका कुण्डहरु सबै पुरिएका छन् । खानेपानीका मुहान पुरिनुका साथै धान खेत पनि पहिरोले बगाएको छ । निरन्तरको वर्षा र पहिरोको त्रासले उद्धार टोलीका लागि समेत सर्केगाड पुग्न हम्मेहम्मे परेको छ ।

यता, कर्णाली प्रदेश सरकारले नागरिकलाई स्थानान्तरणका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।