५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


तमिलनाडुकाे पटका उद्योगमा विस्फोट हुँदा आठ जनाको मृत्यु


416
Shares

एजेन्सी । भारतको तमिलनाडु स्थित एक पटका उद्योगमा विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ ।

कृष्णगिरि जिल्लाको एउटा पटका उद्योगमा भएको विस्फोटमा परि आठ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

घटना लगतै प्रधानमन्त्री नरेंद्र मोदी र गृहमंत्री अमित शाहले घटना प्रति दुख ब्यक्र गर्दै क्षतिपूर्तीको घोषणा गरेका छन् । उक्त घटनामा परी कयौं ब्यक्ति घाइते भएको हुन सक्ने बताइएको छ ।

विस्फोटमा परी उद्योग आसपासका केही घर तथा पसलमा पनि क्षती भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।