१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


पर्यटकीय नगरी पोखराका सडकमा फोहोरको डंगुर


338
Shares

काठमाडौं । पर्यटकीय शहर पोखराको सडकमा विगत पाँच दिनदेखि फोहार उठ्न सकेको छैन ।

पोखरा महानगरपालिकाले सहमति अनुसार काम नगरेको भन्दै वडा नं. ३२ स्थित लामेआहाला स्थानीयले अवरोध गरेपछि ५ दिनदेखि फोहोर उठाउन नसकेको हो । ६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर बिसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोक लगाएका हुन् ।

पोखरा महानगरपालिकाले हाल वडा नं. ३२ स्थित लामेआहाललाई अस्थायी ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको छ । महानगरले यसअघि पोखरा–१४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने बेलामा बच्छीबडुवाको ल्याण्डफिल साइटमा फोहोर फाल्न नपाएपछि लामेआहालमा ६ महिनाका लागि फोहोर फाल्ने र त्यसपछि नयाँ ठाउँ तोकिने भनी पोखरा महानगरपालिकाले स्थानीयसँग सहमति गरेको थियो ।

तर, सम्झौता अवधि सकिँदासम्म महानगरले अर्को विकल्प दिन सकेको छैन । महानगर सरसफाइ शाखाका अनुसार हाल पोखरा महानगरबाट दैनिक २ सग टन फोहोर व्यवस्थापन गर्नुपर्छ । हिजोआज पोखराको मुख्य चोक तथा सडक किनारमा फोहोरको डंगुर थुप्रिन थालेको छ ।