१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मणिपुरमा म्यानमारका जनताको बायोमेट्रिक गरिंदै


14.976k
Shares

एजेन्सी । भारतको मणिपुरमा भड्किएको जातीय हिंसाकाबीच मणिपुर सरकारले म्यानमारबाट शरण लिन मणिपुर राज्यमा आउने मानिसहरूक बायोमेट्रिक डाटा लिन सुरु गरेको छ ।

म्यानमारको शरणार्थीको नाममा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचानका लागि सरकारले उक्त कदम चालेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी सेप्टेम्बर महिनासम्म बायोमेट्रिक गर्न लागेको हो । मणिपुरमा गत मे महिना देखि स्थानीय कुकी र मेइती समुदायबीच जारी हिंसाले उग्र रुप लिएपछी मणिपुर तनावग्रस्त बन्दै आएको छ ।

जातीय हिंसामा हाल सम्म १ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । हिंसा मच्चाएको आरोपमा ६ हजारभन्दा बढीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढार्ईएको छ ।

हिंसाकाबीच करिब ६० हजार मानिस घरबारबिहिन बनेको समाचारमा उल्लेख छ ।