२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वर्षाले बाजुराका युना र बौडीका परिवार विस्थापित


221
Shares

काठमाडौं । लगातारको वर्षाले बाजुराका हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् ।

शुक्रबार र शनिबार भएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस्तै, वर्षाले बौडीका पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएको छ । युनाका १३ परिवार बाढी र पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ ।

बौडीका पाँच परिवार गुम्बामा बसोबास गर्दै आएका छन् । पहिराको उच्च जोखिममा दर्जनौँ बस्ती रहेपनि पालिकास्तरीय विपद् जोखिम व्यवस्थापन समितिले दीर्घकालीन योजना भने बनाएको छैन ।