१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेनी–जोमसोम सडक अवरुद्ध


234
Shares

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

मुस्ताङमा शनिबार परेको वर्षाले घाँसा–जोमसोम सडक खण्डको कैकु र लेते क्षेत्रको सडक आइतबारदेखि अवरुद्ध भएको हो ।

थासाङ गाउँपालिकाको लेते खोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै, थासाङ गाउँपालिकाकै कैकु खेलामा रहेको डाइभर्सन बाढीले बगाएको छ । बाढीले डाइभर्सन बगाउँदा घाँसा–जोमसोम सडक खण्डमा सवारी सञ्चालन हुन सकेको छैन ।

यसैगरि बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर सडक आयोजना अन्तर्गतको रघुगंगा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको छ ।

सडक मर्मत गरेर सञ्चालनको प्रयास गरिएको भएपनि लेदो सहितको पहिरो झरिरहेको रघुगंगा गाउँपालिकाले जनाएको छ ।