
चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग अनुसार पार्टी संचालनमा फरक पन ल्याउनु पर्ने बताउनु भएको छ ।
आइतबार चितवन पुग्नु भएका नेता सिंहले नेपाली कांग्रेस चितवनद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उहाँले एक अर्काे लाई दोषारोपण गरेर कोही पनि नेता कतै नपुग्ने भन्दै कांग्रेस पार्टीभित्र आन्तरिक सुधार जरुरी रहेको उल्लेख गर्नुभयो । नेता सिंहले एउटा कांग्रेसले अर्को कांग्रेसको नेता कार्यकर्ता बिरुद्ध आरोप–प्रत्यारोप गर्ने गर्नाले कांग्रेस कमजोर हुँदै जान थालेको भन्दै पार्टीलाई मजबुद बनाउन त्यस्तो प्रबृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कांग्रेसले आफूलाई सुधार्न अभियान नथाले जनतासँग जोडिन गाहो पर्ने भन्दै कांग्रेसले समय को माग र जनचाहाना अनुरुपका कार्यक्रम लिएर अब जनताको घर आँगनमा पुग्ने पनि उल्लेख गर्नुभयो । कांग्रेस पार्टीको विधानको पालना गरेर अघि बढेमा पनि निकै समस्याको समाधान हुनसक्ने नेता सिंहको भनाई थियो । कांग्रेसभित्र दःख मेहनत गरेका नेता कार्यकर्ताको मूल्याङकन नहुनुले पनि असन्तोष रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस अब नयाँ सोचका साथ जनतामा जानुपर्ने भन्दै तिनै तहका सरकार संचालनमा छुट्टाछुट्टै संयन्त्र निर्माण गरेर जनप्रतिनिधिहरुका काम पार्टीसित जोडेर लानु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लामा पार्टीको अवस्था र पार्टीले गरेका बिभिन्न कामहरुको बारे प्रकाश पार्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्