२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


हरिराज खेवा स्मृति प्रतिष्ठानद्वारा वृक्षारोपण र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार


559
Shares

धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका वडा नं – १ मा पूर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवाको स्मृतिमा जेहेन्दार बिद्यार्थी प्रोत्साहन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

स्वर्गीय खेवाको सातौ स्मृति दिवसको अवसरमा गाउँपालिकाको वडा नं– १ स्थित जनकल्याण आधारभुत बिद्यालयका शिशुदेखि कक्षा ५ सम्मका प्रथम,द्धितिया र तृतिया हुने बिद्यार्थीहरुलाई प्रमाणपत्र र नगद सहित प्रोत्साहन गरिएको हरीराज स्मृति प्रतिष्ठानकी संरक्षक तथा छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवाले जानकारी दिनुभयो ।

स्वर्गीय हरिराजले प्रधानाध्यापक भई शिक्षण गर्नु भएको सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप प्रमाणपत्र र नगद प्रदान गरिएको हो । प्रतिष्ठानले स्वर्गीय खेवाको स्मृतीमा २०७५ सालमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोषको स्थापना गरिएको थियो । स्मृति दिवसको अवसरमा बिद्यालय परिसरमा धूपि, कलकी लगायतका सौन्दर्य दिने बिरूवा रोपिएको प्रतिष्ठानले जनाएको छ ।

सो अवसरमा प्रतिष्ठानले बिद्यालयका शिक्षक, बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शुद्ध पिउने पानीको व्यावस्थापनका लागि पानीको जार सहित फिल्टर प्रदान गरेको छ । खेवाको २०७३ साल साउन १३ गते छथर जोरपाटी गाउँपालिकाको सिधुवामा वस दुर्घटनामा परी निधन भएको थियो ।