१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं महानगरद्वारा सामाखुशीमा खोलानै ढाक्ने गरी बनाइएका संरचना हटाउन सुरू


9.386k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुशी खोलानै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना (स्ल्याब) हटाउन सुरू गरेको छ ।

काठमाडौंको सामाखुशी खोलामाथि अनधिकृत रुपमा बनाईएका कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो । महानगरले सामाखुशी खोला अतिक्रमण गरेर बनाइएका कंक्रिट ढलान, छोप्न प्रयोग भएका सामानहरु हटाउन केही दिनअघि सूचना समेत जारी गरेको थियो ।

सूचनालाई वेवास्ता गरेका कारण महानगरपालिकाले आजदेखि ती संरचनाहरु हटाउन सुरू गरेको जनाएको छ । महानगर प्रहरीका अनुसार छड्के बाटोको पुलबाहेक सबै सरचना भत्काइने छ । सामाखुशी खोला किनारमा स्थानीयले घर बनाउँदा सडकका लागि छोड्नुपर्ने ४ मिटर क्षेत्र नछोडिकन घर बनाएर खोला माथि स्ल्याब ढलान राखेर बाटोको रुपमा प्रयोग गरेको महानगरले जनाएको छ ।