
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले विपन्न परिवारलाई नयाँ घरहरू हस्तान्तरण गरेको छ ।
कालीगण्डकी गाउँपालिकाले वडा ४ र ५ का तीन घरपरिवारलाई २ कोठे घर निर्माण गरी आवास सुविधा प्रदान गरेको हो ।
प्रतिघर निर्माणको लागत करिब ४ लाख रहेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले आर्थिक वर्ष २०७९/८० को बजेटको कार्यक्रम अन्तर्गत ३ वटा घर निर्माण गरी असाहाय, बेसहारा र घरवारविहीन परिवारलाई प्रदान गरिएको जानकारी गराउनुभयो ।
पालिकाले विस्थापित र विपन्न नागरिक आवास सुविधा अन्तर्गत ३ सय भन्दा बढी घर धुरी लाभान्वित हुने साथै नागरिकलाई खुशी र सुखी बनाउन अन्य विकासका पूर्वाधारसँगसँगै शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको जनाएको छ ।
विपन्न र बेसहारा नागरिकलाई सुरक्षित र व्यवस्थित आवास सुविधा प्रदान गर्न पालिकाले हालसम्म ५ वटा त्यस्ता घरहरू लक्षित परिवारलाई हस्तान्तरण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्