२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


समाजवादी मोर्चामा आवद्ध हुन सबै पार्टीहरुलाई अध्यक्ष नेपालको आग्रह


1.339k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरुलाई समाजवादी मोर्चामा आउन आह्वान गर्नुभएको छ ।

आइतबार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितका निम्ति समाजवादी मोर्चामा आउन आह्वान गर्नुभएको हो । उहाँले देशको हीत हुने नीति अवलम्बन गर्न र जनताको चाहना अनुरुपको परिपाटी बसाल्नका निम्ति पनि राजनीतिक दलहरुका बिचमा एकताको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले भ्रष्टाचार, अत्याचार, शोषण, उत्पीडन र असमानता हटाउनका लागि एकतावद्ध हुनुपर्ने बताउनुभयो । त्यस्तै, भेदभाव, अन्याय र अत्याचारका बिरुद्धमा पनि एक हुनुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष नेपालले समानता, समृद्धि र न्यायको नाम नै समाजवाद भएको भन्दै समाजवाद स्थापनाका परिवेश निर्माण गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।