७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आगामी मन्त्रिपरिषद् बैठकले शिक्षा ऐनलाई संसदमा पठाउँछ : मन्त्री राई


247
Shares

काठमाडौं । शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताउनुभएको छ ।

आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री राईले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताउनुभएको हो ।

मन्त्री राईले सो ऐनले माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्नुभयो । त्यस्तै, शिक्षण पेशालाई सम्मानजनक र गुणात्मक बनाउनेगरी आएको पनि उल्लेख गर्नुभयो । उहाँले ऐनले संविधानको व्यवस्था अनुरुपको निःशुल्क र अनिवार्य शिक्षालाई कार्यान्वयनको सुनिश्चितताको लागि प्रयास गरेको पनि बताउनुभयो ।

मन्त्री राईले अब आफ्नो प्राथमिकता उच्च शिक्षा सम्बन्धी छाता ऐन ल्याउनु भएको बताउनुभयो । त्यसको निम्ति आफू प्रयासरत रहने उहाँको भनाई छ ।