२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्लाहीमा काठ तस्करी बढ्यो


572
Shares

सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनाको जंगलमा काठ तस्करी बढेको छ ।

पछिल्लो समय यस परियोजना क्षेत्रको जङ्गलमा दैनिकजसो काठ तस्करी हुन थालेको हो ।

सयौं साल तथा मसलाका रुख तस्करको निसानामा परेका छन् । यस क्षेत्रको जंगलमा अहिले तस्करले काटेको रुखका ठुटा यत्रतत्र छरिएको अवस्थामा पाइएको छ ।

आयोजनाका कर्मचारी गत ११ महिनादेखि विभिन्न सुविधाको माग गर्दै आन्दोलनमा रहेको मौका छोपी वन क्षेत्रमा चोरी तस्करी हुन थालेको स्थानीयको भनाई छ ।