२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुन तस्करी आरोपीलाई अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न अनुमति


260
Shares

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उच्च अदालत पाटनले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको विभागले जनाएको छ ।

सुन तस्करी प्रकरणमा आज पक्राउ परेका दावा छिरिङ र २ साउनयता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको विभागले जनाएको छ ।