१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश


1.066k
Shares

काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट नलगाउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले उक्त आदेश दिएको हो ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आन्तरिक उडानतर्फ हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो । जसको विरुद्धमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले रिट दायर गरेको थियो ।

उक्त रिटमाथिको सुनुवाइपछि आइतबार न्यायाधीश सिन्हाको इजलासले तत्काल भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेशसँगै सरकारको नाममा कारण देखाउ आदेश दिएको हो । अदालतले आदेशसँगै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।