
web pic
एजेन्सी । भारतको मुम्बइमा रेलभित्रै गोली प्रहार गरी रेल सुरक्षाकर्मीले चार जनाको हत्या गरेका छन् ।
जयपुरबाट मुम्बइ गईरहेको मुम्बई सेन्ट्रल एक्स्प्रेसमा रेल वे सुरक्षा बलका एक जवानले गोली चलाउँदा ३ जना यात्रु र १ जना सुरक्षा बलका अधिकृत मारिएका हुन् ।
गोली प्रहार गर्ने रेल वे सुरक्षा बलका जवानलाई मुम्बइ प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरुले बताएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्