१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


1.547k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक बोलाउनु भएको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदापनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको छैन । जसका कारण फेरि सर्वोच्च कामूको भरमा चल्ने वातावरण सिर्जना भइरहेको छ ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।