
काठमाडौं । मकवानपुरमा ट्रकमा मोटरसाइकल टोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार राति मनहरी गाउँपालिका–७ ज्यामिरे सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्