१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पदाधिकारी बैठकको निर्णय : माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने


767
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।

सोमबार बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको हो ।

पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले केन्द्रीय समिति बैठक डाकेको छ । बैठक साउन १७ गते देखि २१ गतेसम्म चल्नेछ।

बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ गरिने बताइएको छ ।

यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो ।