
काठमाडौं । मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका दुइजनाले राजीनामा दिएका छन् ।
पार्टीले फिर्ता बमेलाएपछि एक जना मन्त्री र एकजना राज्यमन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव रहेका छन् । उनीहरुको सट्टामा मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीमा रञ्जु खङगलाई पठाउने जनमतको प्रदेश समितिका एक नेताले जानकारी दिए ।
मधेश प्रदेशका मुख्य मन्त्री सरोज यादवले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको पनि ती नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्