१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महानगरले राप्रपाको पार्टी कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताको अवरोध


793
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताले सडकमा गाडी तेर्स्याएर अवरोध गरेका छन् ।

महानगरले आज सोमबार राप्रपाको पार्टी कार्यालय भत्काउने भन्दै केही दिन अघि जानकारी गराएको थियो । तर महानगरको सूचनामा अटेर गरेपछि आज पार्टी कार्यालयमा डोजर लगाउन खोजेको हो । मापदण्ड मिचेर बिद्युतको हाइटेन्सन मुनि पार्टी कार्यालय बनाएको भन्दै महानगरले भत्काउन लागेको हो ।

तर राप्रपाका कार्यकर्ताले भत्काउन नदिने भन्दै अवरोध गरेका छन् ।