२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै पर्यटक पनि बढे


208
Shares

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै पर्यटकको संख्या पनि बढेको छ ।

निकुञ्ज स्थापना हुँदा ४ वटा मात्र बाघ रहेकोमा हाल २५ बढी बाघ पुगेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज स्थापना हुँदा ४ वटा बाघ रहेकोमा १२ वर्षपछि गरिएको गणनामा यो संख्या उल्लेख्य बढेको हाे । बाघको संख्या बढेपछि स्वदेशी र विदेशी पर्यटक आउने क्रम बढीरहेकाे छ ।

विश्वमै लोपोन्मुख अवस्थामा रहेको पाटेबाघ र आहारा प्रजाति संरक्षणका लागि विभिन्न काम गरिरहेको निकुञ्जले जनाएको छ ।