२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपरासीमा सवारीसाधन दुर्घटनामा कमी


390
Shares

नवलपरासी । ट्राफिक चेकजाँच र सचेतना कार्यक्रम बढेसँगै नवलपरासीमा सवारी दुर्घटनामा कमी आएको छ ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा दुर्घटनामा कमि आएको जनाइएको हो ।

अघिल्लो वर्ष कुल १८७ वटा सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्षमा कुल ७४ वटा सवारी दुर्घटनाबाट ४० जनाको मृत्यु भएको छ । यसमध्ये ५४ वटा मोटर साइकल दुर्घटना भएको थियो ।

अघिल्लो वर्षको तुलनामा दुर्घटनाको संख्या घटेपनि मृत्यु हुनेको संख्या भने केही बढेको देखिएको छ । दुर्घटना बढेपछि ट्राफिक प्रहरीले जिल्लाका विद्यालय/कलेजमा ट्राफिक नियमबारे जानकारी दिनुका साथै चालक, परिचालक, साइकल यात्री, पैदल यात्रीलाई ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख निरीक्षक प्रशिद्धिका कँडेलले जानकारी दिनुभयोे ।

सचेतनासँगै दुर्घटना बढी हुने क्षेत्रको पहिचान गरी त्यस स्थानमा गस्ती बढाएर चेकजाँचलाई निरन्तरता दिइदैं आएको र यसले पनि दुर्घटनामा कमि आउनमा सघाउ पुगेको कँडेलको भनाई छ ।