१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्छ : मन्त्री ज्वाला


104
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताउनुभएको छ ।

सोमबार एकीकृत सरकारी कर्मचारी संगठनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित रुपमा हुनुपर्ने बताउनुभएको हो । उहाँले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरुप सजिलो ठाउँमा र अरुलाई दण्डित गरेजस्तो अपm्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको भन्दै सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, निजामती सेवालाई पूर्वअनुमान योग्य पनि बनाउनुपर्ने बताउनुभयो । सरुवालाई स्वचालित प्रणालीमा नल्याएसम्म यो विषय सबैको चिन्ताको विषय हुने उहाँको भनाई छ ।

मन्त्री ज्वालाले संसदको यही अधिवेशनमा संघीय निजामती ऐन ल्याउने तयारीमा सरकार लागेको पनि बताउनुभयो ।