
काठमाडाैं । शहरी विकासमन्त्री सीता गुरुङले सरकारले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री गुरुङले सरकारले काम गरेकै कारण सुन तस्करहरु पक्राउ परेको भन्दै सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही हुने बताउनुभयो । उहाँले दोषी अनुसन्धानको घेरामा आउने भन्दै तिब्र गतिमा अनुसन्धान अघि बढ्ने बताउनुभयो ।
मन्त्री गुरुङले सरकारले काम गरेकै कारण दोषीहरु धमाधम पक्राउ परेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्