
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टीमा नेत्रविक्रम चन्दलाई स्वीकार्न गाह्रो नभएको बताउनुभएको छ ।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले चन्दलाई पार्टीमा फर्किनु आफैँले भनेको भन्दै यसमा कुनै नौलो कुरा नभएको बताउनुभएको हो ।
उहाँले चन्दलाई पार्टीमा ल्याउने कुरा सञ्चारमाध्यमहरुले हाइलाइटको विषय बनाएको बताउनुभयो । सांसद शर्माले जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट बैठक सञ्चालन गर्न पार्टी केन्द्रिय कमिटीको बैठक लाइभ गर्न लागेको बताउनुभयो ।
सांसद शर्माले केन्द्रिय कमिटीको बैठक साउन १७ गतेदेखि शुरु हुने र सबै केन्द्रिय सदस्यले बोल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्