
काठमाडौं । लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले रासायनिक मल कारखाना स्थापनाका लागि लगानी कर्तालाई आह्वान गर्न बोर्डको क्षमता नपुगेको बताउनुभएको छ ।
सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मल कारखाना स्थापना गर्ने ज्ञानशिप निजी क्षेत्र र लगानीकर्तामा हुने बताउनुभयो ।
कार्यकारी निर्देशक भट्टले रासायनिक मलको उत्पादन गर्ने कारखाना नेपालमा खोल्न सम्भव छ वा छैन भन्नेबारेमा अध्ययन गर्ने काम भइरहेको बताउनुभयो । उहाँले सरकारले बजेटमा स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी पब्लिक प्राइभेट पार्टनरसिपमा लगानी बोर्डमार्फत काम अगाडि बढाइने बताइसकेको बताउनुभयो ।
उहाँले अर्थ मन्त्रालय र लगानी बोर्डले समन्वयमा प्रभावकारी रुपमा सरकारका विगतका निर्णय आत्मसाथ गरेर रासायनिक मलको उत्पादन गर्ने कारखानाका लागि आवश्यक अध्ययन गरिरहेको बताउनुभयो ।
कार्यकारी निर्देशक भट्टले सार्वजनिक निजी साझेदारी र निजी लगानी ऐन २०७५ र नियमावली २०७७ ले गरेको प्रावधान प्रक्रिया अनुरुप क्षमतावान लगानीकर्ताले प्रश्ताव दिनसक्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्