२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बुटवललाई सफा र सुन्दर बनाउन ‘उज्यालो बुटवल’ अभियान सुरू


104
Shares

बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षारोपण अभियान सुरू गरिएको छ ।

४५ दिनसम्म चल्ने यस अभियानको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले योगीकुटीमा वृक्षारोपण र सरसफाइ गरी शुभारम्भ गर्नुभएको हो ।

अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने कार्यक्रम रहेको छ । बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि ‘उज्यालो बुटवल’ अभियान अन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान पनि गरिने बताईएको छ । भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको मेयर पाण्डेले बताउनुभयो ।

विद्युतीकरण, सडक बत्ती र सौन्दर्यकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । १ घर ३ रुख कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै, रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।