
काठमाडौं । नुवाकोट घर भइ राजधानी काठमाडौंमा क्रियाशील पत्रकारहरुको संगठन ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक भेलाले पत्रकार रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समाजको सहसंयोजकमा नवराज घिमिरे रहेका छन् भने सदस्यहरुमा प्रशन्न ढुंगाना, प्रकाश पुडासैनी, राजन ढकाल, हरिराम भेटुवाल, आशिष ढुंगाना, प्रयास श्रेष्ठ, प्रतिमा मुडभरी लगायत रहेका छन् । नुवाकोट स्थायी ठेगाना घर भइ राजधानीमा क्रियाशील पत्रकारहरु एकीकृत हुँदै नुवाकोटको विकास निर्माणका कार्यहरुमा संयोजन गर्नेगरी समाज गठन गरिएको बताइएको छ ।
संयोजक चयन भएपछि जमकट्टेलले समग्र नुवाकोटलाई जोड्न समाज सेतु बन्ने बताए । ‘राजधानी नजिकै भएपनि नुवाकोटमा विकास निर्माणलगायतका काममा विभिन्न समस्या र उल्झनहरु छन् । यी समग्र विषयमा पत्रकारिकताको माध्यमबाट समन्वय र सहकार्य गर्न समाजको माध्यममार्फत हामी लाग्नेछौँ’, उनले भने ।
उनले राजधानीमा क्रियाशील पत्रकारहरुलाई जोड्न विभिन्न कार्यक्रमदेखि तालिमलगायतका गतिविधि सञ्चालन गरेर संस्थालाई चलायमान बनाउन पनि लागिपर्ने बताए । पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई जोडेर समाजलाई सबैको साझा मञ्च बनाइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्