१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


म्याग्दी भ्रमण गर्ने पर्यटक बढ्दै


104
Shares

काठमाडौं । म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा २९ हजार ३ सय २८ पर्यटकले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा सात हजार ९ सय २६ जनाले म्याग्दी भ्रमण गरेका थिए । आन्तरिक तथा विदेशी पर्यटकले जिल्लाका धार्मिक तथा ऐतिहासिक क्षेत्रको भ्रमण गरेका हुन् ।

८० प्रतिशतभन्दा बढी पर्यटक अन्नपूर्ण गाउँपालिका–६ को घोडेपानी र पुनहिल क्षेत्र घुम्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

कोभिड–१९ पछि सिथिल बनेको होटल व्यवसायमा आशा पलाएको होटल व्यवसायी बताउँछन् ।