
एजेन्सी । चीनमा आएको बाढीमा परेर ११ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।
बेइजिङलगायत विभिन्न शहर बाढीबाट प्रभावित भएका छन् ।
चीनका अधिकांश नदीको बहाव बस्तीसम्म प्रवेश गर्दा सयौंको बिचल्ली भएको छ । सडक र विमानस्थलमा पानी जमेकाले यातायात र हवाई सेवासमेत अवरुद्ध बनेको छ ।
सयौं कारहरु बाढीले बगाएको छ । बेइजिङको पश्चिमी क्षेत्र मेन्टौगु जिल्लाको रेलवे स्टेशनमा पानीको सतह उच्च भएपछि रेलमा फसेकाहरुको उद्धार गरिएको छ ।
चीनको टियानजिन र हबेई प्रान्तमा वर्ष जारी रहेकाले बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्