
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका भ्रष्टाचार काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको बताउनुभएको हो ।
उहाँले भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदा समेत कारबाही नगरिएको बताउनुभयो । अध्यक्ष थापाले नेताहरुले आफ्नो मुखुण्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको पनि बताउनुभयो ।
उहाँले नेताहरुले भ्रष्टाचारको नयाँ–नयाँ फाइलहरु खोल्ने भनेपनि विश्वास गर्न नसकिने बताउनुभयो । अध्यक्ष थापाले पार्टीभित्र देखिएको विसंगतिहरुलाई पार्टीभित्रै समाधान खोज्ने प्रयास असफल भएपछि आफूले राप्रपा छोडेको बताउनुभयो ।
उहाँले आफ्ना मान्यताहरुमाथि आक्रमण भइरहँदाखेरी मुकदर्शक भएर बस्नुहुन्न भन्ने अठोटका अलग्गिएको बताउनुभयो । उहाँले गिताप्रतिको आफ्नो निष्ठाका कारण राप्रपा नफुटाएको बताउनुभयो ।
अध्यक्ष थापाले सरकार सर्वसत्तावादी ढंगले सञ्चालन भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्