२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


टिआरसीसँग सम्बन्धित विधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्ने कांग्रेसकाे माग


273
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

मंगलबार कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने विषयमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता मिनबहादुर विश्वकर्माले वृहत शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुंग्याउन बाँकी रहेका थुप्रै कामका बारेमा सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा रहेकाले चाँडो भन्दा चाँडो पारित गर्ने बारेमा सम्बन्धित समितिमा रहेका सांसद र पदाधिकारीबीच छलफल भएको बताउनुभयो ।

उहाँले द्वन्द्वरत पक्ष र द्वन्द्वबाट प्रभावित पक्षहरु, पीडित, पीडकहरुसँगको सहमतिमा वा स्वीकार्यमा विधेयक ल्याउनुपर्ने बारेमा छलफल भइसकेको भन्दै त्यसैबारेमा अहिले छलफल गरेको बताउनुभयो ।

नेता विश्वकर्माले संसदमा भइरहेको अवरोधको विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रष्ट्याउनुपर्ने बतउनुभयो ।