१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


एमालेले सुन तस्करलाई उन्मुक्ति दिने मनशायले छानबिन समितिको माग गर्‍यो : सांसद दाहाल


975
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करीका अपराधीहरुलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको बताउनुभएको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सुन तस्करहरुलाई उन्मुक्ति दिने गलत मनशायले एमालेले छानबिन समितिको माग गरेको बताउनुभएको हो । उहाँले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाउनुभयो ।

सांसद दाहालले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताउनुभयो । उहाँले सुन तस्करीको विषय लेनदेनको विषय बनाउनु नहुनेमा जोड दिनुभयो ।

उहाँले सुन तस्करीका आरोपीहरुसँग माओवादी केन्द्रका नेताहरुको फोटो देखिएपनि माओवादी केन्द्रका नेताहरु सो प्रकरणमा अनुसन्धानमा नतानिएका बताउनुभयो । अनुसन्धानमा तानिएर दोषि ठहरिएमा मोआवादी नेताहरु पनि कारबाहीमा पर्ने उहाँले बताउनुभयो ।