२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डडेल्धुरामा आयुर्बेदमा आकर्षण बढ्दो


52
Shares

डडेल्धुरा । आयुर्बेद स्वास्थ्य उपचार पाएपछि डडेल्धुराका स्थानीय हर्षित भएका छन् ।

वर्षौं देखि रसायनिक औषधिको सेवनले निको नभएका बिरामीहरु आयुर्बेदिक औषधि पद्धतिबाट उपचार पाएपछि निको भएका छन् ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा अहिले बिरामीले २३ प्रकारका आयुर्बेदिक औषधिहरु सहितको उपचार पाई रहेका छन् । उनीहरुले सेक्ने उपचार सेवा समेत अस्पतालमा पाएका छन् । दैनिक बढ्दो बिरामीको चाप अस्पतालले थेग्न नसक्ने अवस्थामा पुगेको छ ।

दैनिक ३५ जना बिरामी र सुत्केरी आमालाई दुध बृद्धि गर्ने सताबरी बितरण गर्ने,जेष्ठ नागरिकलाई स्वस्थ जीवन कार्यक्रम अन्तर्गत शिलाजित र भिटामिन तथा पौष्टिकजन्य औषधि बितरण जस्ता सेवालाई निरन्तरता दिइएको छ । आयुर्बेदिक औषधि तथा उपचार प्रति नागरिकको आकर्षण बढदै गईरहेको अस्पतालका आयुर्बेद चिकित्सक सत्यराज जोशीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति डडेल्धुराको परिसर भित्रै रहेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा संघिय तथा प्रदेश सरकारबाट अल्ट्रासाउण्ड, डिजिटल ल्याब तथा शारिरिक अभ्यास गर्ने जस्ता सेवाहरु सञ्चालन गर्ने तयारी भइरहेको छ । केन्द्रमा जिल्लाका विभिन्न स्थानबाट आउने बिरामी मध्ये ७० प्रतिशत सेवाग्राही महिला आउने गरेको अस्पतालले जनाएको छ ।