२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धरानमा डेंगु नियन्त्रणका लागि शैक्षिक संस्था बन्द


299
Shares

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक सस्थान बन्द गरिएको छ ।

डेगुं नियन्त्रणका लागि उपमहानगरको बैठकले केही दिनका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङ्ले डेंगुको महामारीलाई नियन्त्रणमा लिन विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडाका सामाजिक संघसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन आग्रह गरेको छ ।