
काठमाडौं । संसदीय सुनुवाई समितिले तीन देशको राजदुतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ ।
समितिको बुधबार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदुत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाई गरेको हो । त्यस्तै, स्वीट्जरल्याण्डका लागि आवासिय राजदुतमा प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि आवासिय राजदुत सुधिर भट्टराईको पनि सुनुवाइ गरेको छ ।
प्रस्तावित राजदुतहरुले आफूले जिम्मेवारी पाएमा दुई देशबिचको सम्बन्धलाई थप सुदृढ गर्न भुमिका खेल्ने बताएका छन् । फ्रान्सका लागि आवासिय राजदुतका लागि प्रश्तावित सुधिर भट्टराईले फ्रान्स युरोपेली संघको महत्वपूर्ण सदस्य भएको भन्दै नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्ने बताउनुभयो । उहाँले दुई देशबिचमा उच्चस्तरीय राजनीतिक भ्रमणहरु गराउन पहल गर्ने पनि बताउनुभयो ।
भट्टराईले दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित भएका संयन्त्रका बैठक तथा यसका निर्णयहरुलाई समन्वय र अनुगमन गर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्